‘कार्यपालिका र व्यवस्थापिकाले इमानदारीपूर्वक काम गरे समृद्धि छिट्टै’

नेपालभ्युज

‘कार्यपालिका र व्यवस्थापिकाले इमानदारीपूर्वक काम गरे समृद्धि छिट्टै’

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा शेखर कोइरालाले कार्यपालिका र व्यवस्थापिकाले इमानदारीपूर्वक काम गरे मुलुकमा शान्ति र समृद्धिको जनचाहना पूरा गर्न धेरै समय नलाग्ने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकमा सुशासन तथा दण्डहीनता बढेको खण्डमा न्याय क्षेत्रको भूमिका बढ्नु स्वाभाविक भएको बताए ।

कार्यपालिका तथा व्यवस्थापिकाले गलत गर्‍यो भने न्यायपालिकाले त्यसलाई सन्तुलनमा राख्नका लागि हस्तक्षेप गर्नु संविधानतः स्वाभाविक भएको उनको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले मुलुकमा शान्ति र समृद्धिको यात्रा नेपाली कांग्रेसले नै गरेको उल्लेख गर्दै अहिलेको अवस्थामा सुधार पनि कांग्रेसले नै गर्ने बताए ।

संस्थाको केन्द्रीय अधिवेशनमा ५७ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरेर करिब दुई सय जनाको सहभागिता रहेको र अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव, सङ्घीय सांसद रामकृष्ण यादव, धनुषा कांग्रेस सभापति योगेन्द्र पञ्जियारलगायतका उपस्थिति थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved