प्रदर्शन रोक्न धरानमा निषेधाज्ञा, बहाना डेंगुको

डेंगुको बहाना बनाएर सुनसरी प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ ।

नेपालभ्युज

प्रदर्शन रोक्न धरानमा निषेधाज्ञा, बहाना डेंगुको

काठमाडौं । डेंगुको बहाना बनाएर सुनसरी प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।

धरानमा धार्मिक सम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले बताइन् ।

प्रशासनले तोकिएको क्षेत्रमा सामूहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली/भेला­/प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न/नगराउन भनेको छ ।

धरान प्रवेश गर्ने तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दू समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन्। देशभरिका सनातनी हिन्दु सङ्गठनहरूले धरानमा शान्तिपूर्ण भेला आह्वान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved