अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएई ब्रिक्सको सदस्य बन्दै

नेपालभ्युज

अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएई ब्रिक्सको सदस्य बन्दै

एजेन्सी । इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबिया ब्रिक्स समूहमा सामेल हुने भएका छन् । ब्रिक्समा सहभागि हुन पाएकोमा अरब लिगका महासचिव अहमद अबोल घेइतले बधाइ दिएका छन ।

हाल ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश रहेको उदीयमान अर्थतन्त्रहरुको ब्रिक्स समूहमा तीन देशलाई सामेल हुन आह्वान गरिएको हो । अरब राष्ट्रहरु ब्रिक्समा सम्मिलित हुनुले अन्तर्राष्ट्रिय निर्णय लिनका लागि अरब देशहरु महत्वपूर्ण सावित हुँदै गएको पुष्टि हुने बताइएको छ ।

घेइतले ब्रिक्स नेताहरु ब्रिक्समा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएईलाई सामेल गर्नका लागि सहमत भएको बताए । यी ६ देशको सदस्यता १ जनवरी, २०२४ बाट लागू हुनेछ ।

सो कुरा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीवार समाप्त भएको तीन दिने ब्रिक्स शिखर सम्मेलनको क्रममा पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved