टर्कीको डढेलो नियन्त्रणमा : ४ हजार ८० हेक्टर जमिनमा क्षति

नेपालभ्युज

टर्कीको डढेलो नियन्त्रणमा : ४ हजार ८० हेक्टर जमिनमा क्षति
सांकेतिक तस्वीर

टर्की । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ ।

बिहीवार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताएका छन ।

उनका अनुसार, आगलागीबाट ११ वटा गाउँमा क्षति पुगेको छ भने कयौँ घरहरु तहसनहस भएका छन ।

आगो फैलिएसँगै ११ गाउँहरु पूर्णरुपमा खालि गराइएको थियो । डढेलोबाट ४ हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ । डढेको धुवाँका कारण ९७ जना बिरामी समेत भएका छन् ।

ती मध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो । यो पुरानो शहर पनि हो ।

जुन १९९८ मा युनेश्स्कोले विश्व सम्पदा सूचीमा समावेश समेत गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved