कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको मत संविधानसम्मत नभएको सर्वोच्चको ठहर

नेपालभ्युज

कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको मत संविधानसम्मत नभएको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत् नभएको ठहर गरेको छ ।

अदालतले मुख्यमन्त्री थापा नेतृत्वको सरकारले दीर्घकालीन महत्त्वका निर्णय नगर्न पनि आदेश दिएको छ । यो सँगै सरकार कामचलाउ भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।

प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved