संसद्को शून्य समयमा के भने सांसदले ?

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् ।

नेपालभ्युज

संसद्को शून्य समयमा के भने सांसदले ?

काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् ।

बिहीबारको संसद बैठकमा विभिन्न दलका सांसदले समसामयिक विषयमा आफ्ना धारणा राखेका हुन् ।

शून्य समयमा बोल्दै रास्वपा सांसद डोलप्रसाद अर्यालले श्रमिकले बढेको पारिश्रमिक पाउनुपर्ने बताएका छन् ।

उद्योगी, व्यवसायीले बढेको पारिश्रमिक लागू गर्न नसक्ने बताइरहेको भन्दै उनले बढेको पारिश्रमिक लागू गर्न सरकारले वातावरण बनाइदिनुपर्ने बताएका हुन् ।

प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले ८ वर्षअघि टीकापुरमा थारुहरुले आफ्नो हक, अधिकार, पहिचान र भुगोलका लागि राजनीतिक आन्दोलन गर्दा जेलजीवन बिताउनुपरेको भन्दै जेल परेकाहरुलाई मुक्त गर्न माग गरिन् ।

त्यस्तै सांसद दीपा शर्माले चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

भक्तपुरका कांग्रेस सांसद दुर्लभ थापा क्षेत्रीलेले भने भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न माग गरे ।

प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटको श्रीराम सुगर मिल दुई वर्षदेखि बन्द भएको भन्दै तत्काल सञ्चालन गर्न सरकारसँग माग गरे ।

प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका २२ नदीहरुलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यका नदी व्यवस्थापन गुरु योजना बनाएर काम अगाडि बढाउनुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved