विरोधबीच जापानद्वारा परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फाल्न सुरु

नेपालभ्युज

विरोधबीच जापानद्वारा परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फाल्न सुरु

काठमाडौं। जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुन्द्रमा फाल्न सुरु गरेको छ।

प्लान्टको सञ्चालक टोक्यो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) का अनुसार पानी बिहीबार दिउँसो १ बजे (नेपाली समयअनुसार बिहान ९:४५) बाट फाल्न सुरु गरिएको हो ।
पानी फाल्न सुरु गरेसँगै समुन्द्रमा माछा मार्नेहरु, स्थानीय र छिमेकी देशहरूले विरोध जनाएका छन् ।

टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी फाल्ने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved