करेन्ट लागेर झापामा श्रीमानको मृत्यु, श्रीमती घाइते

नेपालभ्युज

करेन्ट लागेर झापामा श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा । झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ, श्रीमती घाइते भएकी छिन् ।

करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका– ९ निवासी २४ वर्षीय अमृत रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक   खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार बुधवार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा कुटी काट्ने क्रममा श्रीमती ममतालाई करेन्ट लागेको थियो ।

श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन जाँदा श्रीमानलाई पनि करेन्ट लागेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved