सरकारलाई शंकर भण्डारीको प्रश्न- धरानमा गोरु काट्नेलाई किन कारबाही नगरेको ?

नेपालभ्युज

सरकारलाई शंकर भण्डारीको प्रश्न- धरानमा गोरु काट्नेलाई किन कारबाही नगरेको ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ मागेका छन् ।

बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारे सरकारको जवाफ मागेका हुन् ।

उनले नेपालीको आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौती दिँदै धरानमा भएको उक्त घटना निन्दनीय भएको बताएका हुन् ।

नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिने उद्देश्यबाट गोरु काटिएको उनको भनाइ थियो ।

उनले यसबारे बोल्दै सरकारलाई सोधे, ‘धरानमा गोरु काट्नेलाई किन कारबाही नगरेको ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved