संसदमा रवि लामिछानेले भने- शंका सीआइबीसँग होइन, सरकारप्रति हो

नेपालभ्युज

संसदमा रवि लामिछानेले भने- शंका सीआइबीसँग होइन, सरकारप्रति हो
फाइल तस्वीर

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)सँग नभइ सरकारको नियतमाथि शंका भएको बताएका छन् ।

सुन तस्करी प्रकरणमा थुप्रै तथ्यहरु सार्वजनिक हुँदा पनि सरकारले छानबिन गर्ने प्रयाससमेत नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे । बुधबारको संसदमा बोल्दै उनले ६१ किलो सुन तस्करी प्रकरणमा दावा छिरिङसँगै जोडिएर थुप्रै उच्चपदस्थहरु आएको भन्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।

उक्त प्रकरणमा नेतासँगै उच्च पदस्थ प्रहरी अधिकारी र पत्रकारहरुसमेत संलग्न भएको उनको आरोप छ ।

सुन तस्करीमा संलग्न केही विचौलियाहरूको जानकारी आफूलाई पनि भएको र यसको सूचना सम्बन्धित निकायलाई उपलब्ध गराउने पनि उनले बताएका छन्।

ललितानिवास प्रकरणमा पनि पूर्वप्रधानमन्त्रीहरु तानिने भएपछि सरकारले सीआइबीको अनुसन्धान प्रभावित बनाएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved