धितो राखिएको सुनचाँदी लिलाम गर्दै नेपाल बैंक

नेपालभ्युज

धितो राखिएको सुनचाँदी लिलाम गर्दै नेपाल बैंक

काठमाडौं। नेपाल बैंक लिमिटेडमा ऋणीहरूले धितो राखेको सुनचाँदी उकास्न नआएपछि लिलामी हुने भएको छ । बुधबार बैंकले सार्वजनिक सूचना जारी गर्दै सुनचाँदी धितो राखेर ऋण लिएकालाई पटक-पटक सम्पर्क गर्दा पनि नआएकाले लिलामी प्रक्रियामा जाने जनाएको हो ।

बैंकका विभिन्न शाखाबाट सुनचाँदी धितो राखी कर्जा लिएका ऋणीले भुक्तानीको म्याद सकिए पनि चुक्ता गर्न नआएको बैंकले जनाएको छ।

बैंकले सूचना सार्वजनिक गरेको दिनदेखि १५ दिनभित्रसम्म सम्बन्धित शाखामा सम्पर्क गरेर कर्जा चुक्ता गरी धितो सामान लिएर जान ऋणीलाई भनेको छ । १५ दिने सूचना प्रकाशित भएको भोलि पल्टदेखि नै बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन, २०७३ का अनुसार सम्बन्धित शाखामा धितो माल–सामान जे, जस्तो अवस्थामा छ, सोही लिलाम गरिने बैंकले जनाएको छ ।

बैंकले धितो लिलाम बिक्री गर्ने भएकाले सम्बन्धित इच्छुक सबैलाई आफूले सकारेको मूल्य बोलकबोल गर्न पनि अनुरोध गरेको छ । सबैभन्दा बढी मूल्य कबुल गर्नेले कबोल अंकको १० प्रतिशत रकम धरौटीस्वरूप तुरुन्त जम्मा गर्नुपर्नेछ । साथै, कबोल भएको रकममा लिलामी बिक्री गर्ने निर्णय गरेमा तुरुन्त बाँकी ९० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ । अन्यथा धरौटी जफत हुने पनि बैंकले जनाएको छ ।

बैंकका अनुसार बालाजु औद्योगिक शाखा, बुर्तिबाङ शाखा, कान्तिपथ शाखा र डिल्लीबजार शाखामा रहेको ८ जनाको सुन धितो लिलामी गर्न लागिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved