चन्द्रयान-३ आज चन्द्रमामा अवतरण गर्दै, विश्वभरबाट प्रतीक्षा

इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको जनाएको छ । सबै उपकरण र प्रक्रियालाई समय समयमा जाँच गरिएको र सबै सही ढंगले काम गरिरहेको इसरोको भनाइ छ ।

नेपालभ्युज

चन्द्रयान-३ आज चन्द्रमामा अवतरण गर्दै, विश्वभरबाट प्रतीक्षा

एजेन्सी । भारतको चन्द्रयान–३ आज बुधबार चन्द्रमामा अवतरण गर्दैछ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का अनुसार बुधबार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान ३ ले चन्द्रमाको सतहमा टेक्नेछ । इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको जनाएको छ । सबै उपकरण र प्रक्रियालाई समय समयमा जाँच गरिएको र सबै सही ढंगले काम गरिरहेको इसरोको भनाइ छ ।

यदी आज कुनै समस्या आएर चन्द्रमामा अवतरण गर्न नसकेमा यसलाई ४ दिनसम्म होल्डमा राखेर २७ अगस्टमा अवतरण गराउन सकिने इसरोले जनाएको छ ।

भारतले चन्द्रमा मिसनका लागि २०२३ जुलाई १४ मा अन्तरिक्ष यान पठाएको हो । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गराउन लागेको हो । दक्षिणी ध्रुवमा यान अवतरण भएमा भारत पहिलो देश बन्नेछ ।

भारतले चन्द्रयान–३ पठाएको करिब एक महिनापछि रुसले ११ अगस्टका दिन लुना–२५ अन्तरिक्ष यानलाई चन्द्रमातर्फ पठाएको थियो । भारतभन्दा तीव्र रफ्तारका साथ छिटो अवतरण गर्ने लक्ष्य रुसी यानको थियो । तर, लुना–२५ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । अब दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बन्नेछ ।

त्यस्तै चन्द्रमाको सतहमा पुग्ने चौथो देश हुनेछ । यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा यान पठाइसकेका छन् ।

चार वर्ष अगाडि चन्द्रमामा अवतरण गर्ने भारतको लक्ष्य पूरा हुन सकेको थिए । अवतरण गर्ने क्रममा सन् २०१९ सेप्टेम्बर ७ का दिन अन्तिम समयमा चन्द्रयान–२ सँग भारतीय वैज्ञानिकहरूको सम्पर्क टुट्न पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved