राष्ट्रिय सभामा एमाले सांसद पौडेलले भने- प्रतिनिधिसभा सञ्चालन हुनेमा अझै शंका छ

नेपालभ्युज

राष्ट्रिय सभामा एमाले सांसद पौडेलले भने- प्रतिनिधिसभा सञ्चालन हुनेमा अझै शंका छ

काठमाडौं । राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण अझै प्रतिनिधिसभा बैठक सञ्चालन हुने निश्चित नभएको बताएका छन् ।

नेता दाहालले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण निष्कर्षमा नपुगेको बताएका हुन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गरे ।

‘सदन अवरुद्ध चाहीँ सत्तापक्षले नै गरिरहेको छ’, उनले भने, ‘उच्चस्तरीय छानबिन समिति बन्दैछ भन्ने कुरा सुनियो । तर त्यो बनिसकेको छैन । त्यसले गर्दा सदन अझै पनि अवरुद्ध नै छ ।’

नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्वका हरेक सवालहरु ओझेलमा पर्ने गरेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved