‘लक्ष्मी भ्यालु फण्ड-२’ को इकाई बिक्री निष्कासन

नेपालभ्युज

‘लक्ष्मी भ्यालु फण्ड-२’ को इकाई बिक्री निष्कासन

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि ‘लक्ष्मी भ्यालु फण्ड–२’ नामक बन्दमुखी योजना निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड–२ अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरले ८० करोड बराबरको ८ करोड इकाईहरु सर्वसाधारण लगानीकर्ताहरुको लागि निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले साउन १५ गतेसम्म आवेदन दिन पाउनेछन् ।

जसमध्ये १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ६ करोड ८० लाख इकाइ मात्र सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हो ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइसम्म आवेदन दिन सक्नेछन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved