पाकिस्तानमा यात्रुवाहक बस र भ्यान ठोक्किँदा २० जनाको मृत्यु, १५ घाइते

नेपालभ्युज

पाकिस्तानमा यात्रुवाहक बस र भ्यान ठोक्किँदा २० जनाको मृत्यु, १५ घाइते

इस्लामावाद। पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

आइतबार यात्रु बसले अर्को सवारी साधनलाई ठक्कर दिँदा लागेको आगोले ठूलो क्षति भएको हो  १५ जना घाइते भएका छन् । फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो ।

घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ । बसमा करिब ४० जना यात्रु थिए । दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट संघीय राजधानी इस्लामावाद जाँदै थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved