पेरुमा बस दुर्घटना, १३ जनाको मृत्यु

नेपालभ्युज

पेरुमा बस दुर्घटना, १३ जनाको मृत्यु

पेरु । पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनका साथै अन्य पाँचजना गम्भीर घाइते भएका अधिकारीहरूले बताएका छन् ।

करिब ५० जना यात्रु बोकेको बस एन्डियन शहर विल्काशुआमानबाट राजधानी लिमातर्फ आउँदा पहाडी भेगको खोचमा आज बिहान खसेको हो हुआतारा जिल्ला प्रहरी चौकीका एक अधिकारीले एएफपीलाई बताए । घाइतेहरूको पिस्को शहरको अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गति, मर्मतसम्भार नगरिएका खराब सडक, सुरक्षा तथा जोखिमसूचनक सडक सङ्केतको कमी र सवारी नियमको अक्षरसः पालना नहुँदा पेरुका राजमार्गमा प्रायः दुर्घटना भइरहन्छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ मा सार्वजनिक गरेको एक अध्ययनअनुसार त्यस वर्ष चार हजार चार सय १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved