हवाई डढेलो : ११४ जनाले ज्यान गुमाए, एक हजारभन्दा बढी बेपत्ता

नेपालभ्युज

हवाई डढेलो : ११४ जनाले ज्यान गुमाए, एक हजारभन्दा बढी बेपत्ता

एजेन्सी। अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म एक सय १४ जनाले ज्यान गुमाएका छन् भने एक हजारभन्दा बढी बेपत्ता भएका छन्।

६० प्रतिशत बढी उक्त डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ। हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुनसक्ने बताए। उनले डढेलो लागेको सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको बताए।

डढेलोका कारण ६ बिलियन सम्पत्ति ध्वस्त भएको अनुमान गरिएकाे ग्रिनकाे भनाइ छ। उनका अनुसार २ हजार २ सय भवनहरू ध्वस्त हुनुका साथै अन्य पाँच सय बढी भवनमा क्षति पुगेको छ।

डढेलोको कारण माउईको लोकप्रिय पर्यटकीयस्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक सहर लाहाइनाको धेरैजसो भूभाग जलेर नष्ट भएको छ। त्यहाँ १३ हजार बासिन्दाहरू बस्ने गर्दथे। कम्तिमा अझै १ हजार मानिस बेपत्ता भएकाले उद्धारका टोलीहरू थपेर कार्यमा खटाइएको उनले बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार माउई राज्यका जीवित उद्धार गरिएका परिवारहरूसँग भेट्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved