सिंहदरबारमा प्रधानमन्त्री र राष्ट्रिय दलका नेताको बैठक सुरु, जुट्ला त सहमति ?

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपालगायत दलका नेता सहभागी छन् ।

नेपालभ्युज

सिंहदरबारमा प्रधानमन्त्री र राष्ट्रिय दलका नेताको बैठक सुरु, जुट्ला त सहमति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अवरोध खुलाउने प्रयासस्वरुप राष्ट्रिय मान्यताप्राप्त दलसँग छलफल सुरु गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपालगायत दलका नेता सहभागी छन् ।

यसअघि संसद्को अवरोध हटाउने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले पनि ठूला दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

सभामुखको उक्त प्रयास पनि असफल भएको छ ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि निरन्तर संदन अवरोध गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved