प्रधानमन्त्रीले भने-  कलाकार बन्न चाहन्थें, परिस्थितिले नेता बनाइदियो

नेपालभ्युज

प्रधानमन्त्रीले भने-  कलाकार बन्न चाहन्थें, परिस्थितिले नेता बनाइदियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनैबेला आफू कलाकार बन्न चाहेको तर परिस्थितिले नेता बनाएको बताएका छन् ।

‘मेरो भ्वाइस युनिर्भस’को फाइनल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कुनैबेला आफूमा कलाकार बन्ने तीव्र इच्छा भएको बताएका हुन् । उनले आफ्नो कलाकार बन्ने चाहना पूरा नभए पनि राजनीतिकै माध्यमबाट कला सँस्कृतिको उन्नयनका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कला, साहित्य र संस्कृतिले भावनात्मक एकता बढाउने भन्दै उनले यसको प्रवद्र्धन आवश्यक रहेको तर्क गरे ।

‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ । मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोपटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरें । आउने दिनमा पनि गर्ने नै छु’, उनले भने, ‘जसरी कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग हुन्छ र त्यसरी त्यो धेरै शक्तिशाली हुन्छ । त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापीरुपमा स्थापित गर्दछ ।’

प्रधनमन्त्री दाहालले मेरो भ्वाइस युनिर्भस जस्ता कार्यक्रमले विश्वमा नेपाली गीत संगीतलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved