कास्की, गोरखा र डडेल्धुरामा भारी वर्षा,बाढीको चेतावनी जारी

नेपालभ्युज

कास्की, गोरखा र डडेल्धुरामा भारी वर्षा,बाढीको चेतावनी जारी

काठमाडौं । कास्की, गोरखा र डडेल्धुरामा भारी वर्षा भएको छ । गएराति र बिहानपखको भारी वर्षापछि ती क्षेत्रमा बाढीको चेतावनी जारी भएको छ ।

गएराति डडेल्धुराको चउरबन्डाले र जोगबुढा र आसपासको क्षेत्रमा मध्यम देखि भारी बर्षामापन भएकोले रंगुन  र यसका सहायक नदीहरूमा जलसतह बढ्न सक्ने,आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी सूचना केन्द्रको आग्रह छ ।

यस्तै, गोरखाको बारपाक, जगत (सेतीबास) र आसपासका क्षेत्रमा मध्यम देखि भारी बर्षा बर्षामापन भएको हुँदा सो क्षेत्र भई बहने स-साना नदीमा जलसतह बढ्न सक्ने , आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

यस्तै, कास्कीको लुम्ले सिक्लेस ज्यामिरेबारी र चोमरोङ् वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यम देखि भारी बर्षामापन भएको हुँदा कालीखोला लगायत स-साना नदीमा जलसतह बढ्न सक्ने,आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved