एजेन्सी । गदर-२ फिल्मले सिनेमा घरहरूमा तहल्का मच्चाइरहेको छ । गदरको सिक्वललाई हेरेर धेरैले आफ्ना पूरा दिनलाई पनि सम्झिरहेका छन् । तारा र सकिनाको प्रेम कथा अहिलेसम्म मानिसको मन मस्तिष्कमा छाइरहेको छ ।
तर, गदरका कैयौं कलाकार यस्ता छन् जसले संसारलाई अलबिदा भनिसकेका छन् । ती कलाकारको कमी भने अहिलेको गदर-२ मा महसुस गर्न सकिन्छ । अशरफ अली यानिकी अमरिश पुरीले सन् २००५ मै संसारलाई अलबिदा भनिसकेका थिए ।
त्यस्तै, गदर फिल्मका कथाकार ओम पुरीको पनि कमी महसुस गरियो । त्यस्तै, तारा सिंहका साथी दरमियान यानिकी विवेक शौकको पनि सन् २०११ मा मृत्यु भएको थियो । गदरमा उनले एकदमै हसाउने कलाकारको भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै, फिल्ममा पत्रिकाका सम्पादक मिथिलेश चतुर्वेदीको पनि अगस्त २०२२ मा निधन भइसकेको छ । गदर फिल्मका गीतहरूका लेखक आनन्द वक्षीको पनि निधन भइसकेको छ ।
Facebook Comment
Comment