४ महिनामै ५ एआईजीको सरुवा

नेपालभ्युज

४ महिनामै ५ एआईजीको सरुवा

काठमाडौं । मन्त्रिपरिषद् बैठकले पाँचजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको पदस्थापन भएको ४ महिनामै सरुवा गरेको छ ।

शुक्रबार गृहमन्त्रालयको प्रस्तावमा एआईजी सरुवाको निर्णय भएको हो । उपत्यका प्रहरी कार्यालयमा एआईजी दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा चौधरी, कार्य विभागमा श्यामलाल ज्ञवाली र मानवश्रोत विकास विभागमा टेकप्रसाद राईलाई सरुवा गरिएको छ ।

यसअघि ज्ञवाली उपत्यका प्रहरी कार्यालय, टेकप्रसाद राई प्रशिक्षण प्रतिष्ठान, मिरा चौधरी कार्य विभाग र सन्दीप भण्डारी मानवश्रोत विकास विभागमा कार्यरत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved