फ्राइडे रिलिज- ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा 

नेपालभ्युज

फ्राइडे रिलिज- ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा 

काठमाडौं। आज शुक्रबारबाट दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। गणेशदेव पाण्डेको निर्देशनमा बनेको ‘जुलेबी’ र मिलन आले मगरको निर्देशन रहेको फिल्म ‘हिँड्दा हिँड्दै’ हलमा लागेका हुन्।

रत्नपार्कलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘जुलेबी’मा सुरक्षा पन्त, निशा अधिकारी, सुशील सिटौला, उषा रजक, मोनिका थापालगायतको अभिनय रहेको छ । यो फिल्मलाई १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन्।

त्यस्तै, प्रेमकथामा निर्माण भएको ‘हिँड्दा हिँड्दै’मा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, भोला सापकोटा लगायतको अभिनय छ। यो फिल्म भने सबै उमेरका दर्शकका लागि खुला छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved