काठमाडौं। नेपाल नागरिक उड्ड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ ।
प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकोप्टर वा जहाजहरू पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीतिअनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको स्पष्ट पारेको हो ।
प्राधिकरणले कर्णालीका विमानस्थलहरूमा पूर्णरूपमा हवाई उडान प्रतिबन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरू पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्नका लागि यस्तो निर्णय गरेको बताए ।
उनले विमानस्थलहरूलाई आईएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको बताए । उनले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरूलाई काठमाडौं, नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको बताए।
मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधैंभरको लागि नभई मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको बताउँदै उनले भीएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरू तत्काल आईएफआर गर्ने सम्भावना नभएको बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गत साउन १९ गते गरेको थियो । उक्त निर्णयका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छन् । अस्पतालले रिफर गरेर पनि हवाईजहाज र हेलिकोप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्युसमेत भएको छ ।
Facebook Comment
Comment