५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

नेपालभ्युज

५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं। सरकारले विकास ऋणपत्र मार्फत ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले ६ वर्ष लामो अवधिका लागि भदौ १ गते  विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।

सार्वजनिक सूचना गरेको कन्द्रीय बैंकले विकास ऋणपत्रको बिहीबार बोलकबोल हुने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पूरा गरेर ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको ब्याज अर्धवार्षिक अर्थात् ६-६ महिनामा प्रदान गरिने बैंकले जनाएको छ ।

कुल ५ अर्ब ८४ करोड ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ४ अर्ब ९६ करोड ४० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत अर्थात् ८७ करोड ६० लाख रुपैयाँ विनाप्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved