वामपन्थी आन्दोलन जोगाउन संसद् विघटन गरें : ओली

नेपालभ्युज

वामपन्थी आन्दोलन जोगाउन संसद् विघटन गरें : ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलन जोगाउन संसद् विघटन गरेको बताएका छन् । उनले त्यतिबेला आफूलाई झुण्ड्याएर मार्नका लागि बनाएको डोरी चुडाउन संसद् विघटन गर्नुपरेको तर्कसमेत गरे ।

मंगलबार नेकपा(एमाले) बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन समयमा संसद् विघटन अपरिहार्य, राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे ।

‘हामीले ठिक ठानेरै प्रतिनिधिसभा विघटन गरेका थियौं’, उनले भने, ‘होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ ।’

अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको आरोपसमेत लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved