मनसुन कमजोर, आज केही ठाउँमा सामान्य वर्षा मात्रै हुने

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेपनि नेपालमा यसको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालभ्युज

मनसुन कमजोर, आज केही ठाउँमा सामान्य वर्षा मात्रै हुने

काठमाडौं । पछिल्लो एक हप्तादेखि सक्रिय रहेको मनसुन कमजोर बन्दै गएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेपनि नेपालमा यसको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आँशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved