ललिता निवास प्रकरण -सीआईबीले लियो पूर्व मुख्यसचिव लीलामणि पौडेलको बयान

नेपालभ्युज

ललिता निवास प्रकरण -सीआईबीले लियो पूर्व मुख्यसचिव लीलामणि पौडेलको बयान

काठमाडौं। ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ।

बयानका क्रममा उनले मुख्य सचिवको भूमिका कार्यकारी नभएको र तत्कालीन सचिवबाट टिप्पणी उठेर आएको फाइल आफूले सदरमात्र गरेको जिकिर उनले गरेका थिए ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौडेल मुख्य सचिव थिए। २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनीका नाममा भएको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लग्ने प्रक्रिया सुरु गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved