भारतलाई हराउँदै वेष्ट इन्डिजले जित्यो टी-२० शृङखला

नेपालभ्युज

भारतलाई हराउँदै वेष्ट इन्डिजले जित्यो टी-२० शृङखला

काठमाडौं । भारतलाई हराउँदै टी-२० शृङखलाको उपाधि घरेलु टोली वेष्ट इन्डिजले जितेको छ ।

पाँचौँ तथा निर्णायक खेलमा गएराति भारतलाई ८ विकेटले हराउँदै वेष्ट इन्डिजले शृङ्खला ३-२ ले जितेको हो । जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

उसका किंग ५५ बलमा ५ चौका र ६ छक्कासहित ८५ रनमा नट आउट रहे । निकोलस पुरन ४७ र कायल मेयर्स १० रनमा आउट भए । शाई होप १३ बलमा १ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले सर्वााधिक ६१ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजका रोमेरियो शेफर्डले चार विकेट लिए । स्पिनर अकिल हुसैनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए ।

विकेटकिपर निकोलस पुरन सिरिजको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved