हाथवे इन्भेस्टमेन्टको वैदेशिक रोजगारतर्फको आईपीओ बाँडफाँड

नेपालभ्युज

हाथवे इन्भेस्टमेन्टको वैदेशिक रोजगारतर्फको आईपीओ बाँडफाँड

काठमाडौं। हाथवे इन्भेस्टमेन्ट नेपालको वैदेशिक रोजगारीतर्फको प्राथमिक सेयर (आईपीओ) बिहीबार बाँडफाँड भएको छ।

गोलाप्रथामार्फत बाँडफाँड भएको कम्पनीको आईपीओमा १४ हजार ६ सय २५ जना आवेदकहरूले २० कित्ताका दरले सेयर हात पारेका छन्।

कम्पनीको आईपीओका लागि कुल २७ हजार २३६ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ जनाको आवेदन रद्द भएको थियो ।

साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरिएको थियो।

कम्पनीको सेयर बिक्री तथा प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved