भारतको पञ्जाबमा अलपत्र परेकी १६ वर्षीया किशोरीको उद्धार

नेपालभ्युज

भारतको पञ्जाबमा अलपत्र परेकी १६ वर्षीया किशोरीको उद्धार

कपिलवस्तु। भारतको पञ्जाबबाट १६ वर्षीया एक नेपाली किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको छ ।

भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृह कपिलवस्तुले जनाएको छ ।

किशोरीलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । गृहका केन्द्रीय समितिका संयोजक भट्टराईका अनुसार ती किशोरी २०७९ मङ्सिरमा घरबाट हराएकी थिइन ।

गत जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएको शान्ति पुनःस्थापना गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापना गृहमा सुरक्षितरूपमा राखिएको कृष्णनगरकी संयोजक वसन्ती जिसीले बताइन्।

रोजगारीको प्रलोभनमा परेर पञ्जाब पुगेकी उनको उद्धार गरिएको जिसीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले किशोरीलाई घर फर्काउन आग्रह गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved