दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ८८ करोड 

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ८८ करोड 
प्रतीकात्मक तस्वीर

काठमाडौं। पछिल्लो समय लगातार घटिरहेको सेयर बजार बुधबार पुन: बढेको छ । साताको चौथो कारोबार दिन आज सेयर बजार ४१.०६ अंकले बढेको छ। बजार २०६०.९१ विन्दुमा उक्लियो ।

बुधबार अन्तिम समयमा आएर बजार दोहोरो अंकले बढेको हो । बुधबार वित्त, होटल र पर्यटन, जीवन बिमा, व्यापारसहितका उपसूचकमा सकारात्मक वृद्धि देखियो ।

बुधबार ७७ हजार ५०१ कारोबारबाट ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज हिमालयन लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट, मनकामना हाइड्रोको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने सेञ्चुरी डिभेञ्चर, लक्ष्मी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्तसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved