सल्यानमा अवैध मल बरामद

नेपालभ्युज

सल्यानमा अवैध मल बरामद

सुर्खेत। सल्यानमा अवैध मल प्रहरीले बरामद गरेको छ । बनगाड कुपिण्डे नगरपालिका–१ सल्ली बजारबाट प्रहरीले अवैध मल बरामद गरेको हो ।

खिमलाल बस्नेतले सञ्चालन गरेको विकास एग्रोभेटमा अवैधरूपमा मलखाद बिक्री-वितरण भई रहेको भनी गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालयबाट खटिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अनुगमन टोली र इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको टोलीले मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

युरिया मल १६ बोरा, डीएपी मल ३ बोरा र पोटास ३३.५ केजी बरामद भएको प्रहरीले जनाएको छ । एग्रोभेटमा जाँच गर्दा उक्त अवैध मलखाद फेला परेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved