उद्योगमन्त्री रिजालसँग युरोपेली सङ्घका राजदूतको बिदाइ भेट, लगानीका लागि आग्रह

नेपालभ्युज

उद्योगमन्त्री रिजालसँग युरोपेली सङ्घका राजदूतको बिदाइ भेट, लगानीका लागि आग्रह

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले बिदाइ भेट गरेका छन्। मन्त्रालयमा आज भएको सो भेटमा मन्त्री रिजालले लगानी तथा व्यापारको क्षेत्रमा युरोपेली सङ्घले नेपाललाई पुर्‍याएको सहयोगप्रति आभार प्रकट गरे ।

उनले नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनका लागि भविष्यमा युरोपेली सङ्घबाट अझ सहयोग प्राप्त हुने अपेक्षा गरेको मन्त्री रिजालको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री रिजालले पर्यटन, जलविद्युत्, कृषि प्रशोधन तथा उत्पादनमूलक उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved