संसद् त बार्गेनिङ गर्ने थलो पो रहेछ, बल्ल बुझ्दैछु- रवि

नेपालभ्युज

संसद् त बार्गेनिङ गर्ने थलो पो रहेछ, बल्ल बुझ्दैछु- रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्लाई दलहरुले बार्गेनिङ गर्ने थलो बनाएको आरोप लगाएका छन् ।

संसदीय समितिको सभापतिमा रास्वपाले भाग नपाएपछि रिसाएका लामिछानेले संसदलाई बार्गेनिङ गर्ने थलो बनाएको भन्दै आक्रोश पोखेका हुन् ।

‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं’, लामिछानेले भनेका छन्, ‘कयौं कानून बनाउनु पर्नेछ, कयौं कानूनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नुछ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दुःखद !’

ठूला दलका शीर्ष नेताबीच रास्वपा र राप्रपालाई संसदीय समितिको सभापति नदिने सहमति भएको भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved