काठमाडौं। सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । आज ३.२१ अंकले घट्दै २ हजार ४८.२६ अंकको विन्दुमा झरेको हो ।
यस्तै, आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्ससमेत १.५९ अंकले घट्दै ३९०.४३ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । यस दिन २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ, हाइड्रोपावर, इन्भेस्टमेन्ट र अन्य समूहको उपसूचक ऋणात्मक भएको छ । यस्तै, डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, म्यानु एन्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् ।
सोमबार नेप्सेमा कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै, १०० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ ।
Facebook Comment
Comment