सुर्खेत । चोरी र डाका मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विनोद विष्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत सुर्खेतले विष्टलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला अदालत सुर्खेतका न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले डाका तथा चोरी मुद्दमा वडाध्यक्ष विष्टसहित तीन जनालाई कारागार चलान गर्ने फैसला भएको हो । वडाध्यक्ष विष्टसँगै सुशिल गुरुङ्ग र बलिराज शाही पनि कारागार चलान भएका छन् ।
वडाध्यक्ष विष्टलाई २४ असारमा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
अदालतले पाँच जनामध्ये दुई जना सन्तोष थापा र यामराज शाही भने दुई-दुई लाख धरौटीमा रिहा भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले बताए ।
Facebook Comment
Comment