काठमाडौं। चाबहिलको गणेशस्थानमा एकै मूल्यमा सामान पाउने ‘नाइन्टीनाइन शप’ ‘चाबहिल मूल्य एक’ नामको पसल खुलेको छ।
गणेशस्थान मन्दिरको पछाडिको गेट साइडको अग्लो बिल्डिङको दोस्रो तल्लामा ९९, १५०, १९९, २९९, रुपैयाँमा घरायसी दैनिक उपभोग सामग्री पाइने ‘नाइन्टीनाइन शप’ खुलेको हो। जुन मूल्य सामान अनुसार अत्यन्तै सुपथ हो।
होटल पसल रेष्टुरेष्टको सामान समेत पाइने सो पसलमा कस्मेटिक तथा उपहार गिफ्ट आइटम र बच्चाको खेलौना पनि पाइन्छ।

अफिसको लागि चाहिँ दैनिक उपभोग्य सामग्री समेत एक दाममा अर्थात् एकै मूल्यमा पाइने सञ्चालक रामुदेव गौतमले बताए।
ग्राहकको सुविधालाई ध्यानमा राखेर एकै मूल्यमा पाउने सुपथ मूल्य पसल स्थापना गरिएकाले सञ्चालकको भनाइ छ। उनले भने, ‘‘हाम्रो उद्देश्य भनेको उपभोक्ताले दैनिक उपभोग्य सामान सुपथ मूल्यमा पाउन् भन्ने हो। यसैले ‘नाइन्टीनाइन शप’ खोलेका हौँ।’’
पसलमा सामान किन्नेको बिहान १० बजेदेखि नै भीड हुन्छ। पसल साँझ ७ बजेसम्म खुल्ला हुन्छ। सामाजिक सञ्जालबाट प्रचार गरिएको सो पसलमा उपभोक्ताको तीव्र आकर्षण छ।

Facebook Comment
Comment