उत्पादन कमी र भारत निर्यातका कारण गोलभेंडाको मूल्य वृद्धि

नेपालभ्युज

उत्पादन कमी र भारत निर्यातका कारण गोलभेंडाको मूल्य वृद्धि

काठमाडौं। गोलभेंडा व्यवसायीहरूले उत्पादनको कमी र भारत निर्यात भएका कारण गोलभेंडाको मूल्य वृद्धि भएको  बताएका छन् ।

एक महिनाअघि मात्रै नेपाली किसानहरूले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर,  अहिले गोलभेंडाको मूल्य एक्कासि माथि पुगेको व्यवसायीहरूले बताए । उनीहरूले पछिल्लो समय किसानहरूले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए ।

व्यवसायीहरूले केही समयअघि नेपालमा उत्पादन उच्च रहेको र भारतमा पनि नगएकाले र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालेका थिए ।

कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन् । उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताए । उनले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएका कारण गोलभेंडाको मूल्य उच्चरूपमा बढेको बताइन्।

गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्यधिक महँगो भएको बताए । उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको बताए । १० रुपैयाँ केजीसम्म झरेको गोलभेडाको मूल्य किसानहरूले सडकमा फालेको बताउँदै उनले गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नुपर्ने भएकाले किसानले औषधि उपचार नगर्दा उत्पादन कम भएकाले बजारमा कमी भएको बताए ।

तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताउँदै कृषि उत्पादनमा किसानहरूको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको बताए ।

कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको ठूलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved