मणिपुरमा प्रहरीबाट लुटिएका ११ सय हतियार र १५ हजार गोली बरामद

नेपालभ्युज

मणिपुरमा प्रहरीबाट लुटिएका ११ सय हतियार र १५ हजार गोली बरामद

एजेन्सी। भारतको मणिपुरमा ठूलो मात्रामा प्रहरी चौकीबाट लुटिएका हतियार बरामद भएको छ । मणिपुरमा हिंसा फैलिएपछि प्रहरी चौकीहरुबाट हजारौँको संख्यामा हतियार लुटिएका थिए ।

लुटिएको हातहतियार र गोली बरामदका लागि पहाडी तथा उपत्यकामा सुरक्षाकर्मीले निरन्तर छापा मारिरहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यस छापामारीमा एक हजार ५७ हतियार र १४ हजार २ सय १ थान गोली तथा पहाडी जिल्लाबाट एक सय ३८ हतियार र एक सय २१ थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।

भदौ ३ गते पनि प्रहरीले १५ थान हतियार बरामद गरेको थियो । प्रहरीका अनुसार शुक्रबार पनि लिलोङ चाजिङस्थित प्रहरी चौकीबाट हतियार लुट्ने प्रयास भएको थियो तर प्रहरीले समयमै पछ्याई हतियार बरामद गरेको थियो ।

यसबाहेक साउन २० गते शनिबार साँझ मुङचम्कोम क्षेत्रमा सुरक्षाकर्मी र चरमपन्थीबीच गोली हानाहान भएको थियो, जसमा एक एसएलआर, म्यागजिन र ५० राउण्ड गोलीसहित गैर एसयू संगठनका कार्यकर्ता पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved