काठमाडौं। ग्लोबल टी २० क्यानडाको फाइनलमा नेपालका खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिँह ऐरी आवद्ध टिम खेल्ने भएका छन् ।
गएराति भएको दोस्रो प्लेअफमा दीपेन्द्र आवद्ध मोन्ट्रियल टाइगर्सले भान्कुभर नाइट्सलाई १ विकेटले हराएर उपाधि नजिकै पुगेको छ । अब टाइगर्सले फाइनलमा सन्दीप आवद्ध सर्रे जगुअर्ससँग खेल्नेछ । फाइनल खेल आज राति हुनेछ ।
भ्यानकुभरले दिएको एक सय ३८ रनको लक्ष्य मोन्ट्रियलले ३ बल बाँकी छँदै ९ विकेट गुमाएर भेटायो ।
मोन्ट्रियलले २९ रनमा ४ विकेट गुमाएपछि संकटमा परेको थियो । तर सेरफेन रदरफोर्ड र दीपेन्द्रले ४३ रनको साझेदारी गरे । दीपेन्द्रले २८ बलमा २ चौकासहित २५ रन जोडे ।
रदरफोर्डले नटआउट ४८ रन जोड्दै टीमलाई जित दिलाए । बलिङतर्फ मोन्टेरियलका अब्बास अफ्रिदीले सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिकसहित ५ विकेट लिए ।
Facebook Comment
Comment