रवि लामिछानेले भने- सुन तस्करीसँगै पासपोर्ट किर्ते गर्नेको पनि छानबिन हुनुपर्छ

नेपालभ्युज

रवि लामिछानेले भने- सुन तस्करीसँगै पासपोर्ट किर्ते गर्नेको पनि छानबिन हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागले मात्रै गरेर नपुग्ने बताएका हुन् ।

उनले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशीय अपराध लगायतका विषय पनि जोडिएकाले त्यसको पनि अनुसन्धान हुनुपर्ने बताए ।

उनले भेपमा सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नामसमेत जोडिएको भएपनि प्रहरीले सामान्य सोधपुछ गर्नसमेत आँट नदेखाएको बताए । प्रहरीले मिडिया ट्रायल गरिरहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved