भारतको उत्तर प्रदेशमा एक सव इन्स्पेक्टरको गोली हानेर हत्या

नेपालभ्युज

भारतको उत्तर प्रदेशमा एक सव इन्स्पेक्टरको गोली हानेर हत्या

एजेन्सी। उत्तर प्रदेशको फिरोजाबाद जिल्लामा बिहीबार साँझ सब–इन्स्पेक्टर दिनेश कुमार मिश्रको गोली हानी हत्या भएको छ ।

सञ्चारमाध्यमसँग कुरा गर्दै फिरोजाबाद एसपी आशिष तिवारीले भने, “प्रहरी चौकी आरवमा तैनाथ सब इन्स्पेक्टर दिनेश कुमार मिश्र दाइजोको मुद्दाको अनुसन्धान गरेर चन्द्रपुर गाउँबाट फर्कदै गरेको जानकारी प्राप्त भएको थियो, त्यसपछि हत्याको खबर आयो।”

उनीसँग एकजना निजी व्यक्ति थिए । सुनसान सडकमा गोली चलाइएको बताइएको छ । गोली कसले चलायो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved