भारतले ल्यापटप र ट्याब्लेट आयातमा प्रतिवन्ध लगायो, मेक इन इन्डियालाई बढावा दिने

नेपालभ्युज

भारतले ल्यापटप र ट्याब्लेट आयातमा प्रतिवन्ध लगायो, मेक इन इन्डियालाई बढावा दिने

एजेन्सी। भारतले विदेशबाट हुने ल्यापटप, ट्याब्लेट र पर्सनल कम्प्युटरको आयातमा प्रतिबन्ध लगाएको छ ।

सरकारले बिहीबार जारी गरेको सूचनालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले सो जानकारी दिएको हो । समाचारका अनुसार यो प्रतिबन्धको उद्देश्य घरेलु उत्पादन (मेक इन इन्डिया) लाई बढावा दिनु रहेको छ ।

प्रतिबन्धित वस्तुको आयात वैध इजाजतपत्र मार्फत गर्न सकिने सूचनामा उल्लेख छ । अप्रिलदेखि जुन महिनामा भारतमा ल्यापटप, कम्प्युटर, ट्याब्लेटलगायत कूल १९ अर्ब ७ करोड अमेरिकी डलर बराबरका इलेक्ट्रोनिक सामान आयात भएको छ ।

अघिल्लो वर्षको सोही दुई महिनाको तुलनामा ६.२५ प्रतिशतले बढेको छ । डेल, एसर, सामसुङ, एलजी, एप्पल, लेनोभो र एचपी भारतमा ल्यापटप बेच्ने प्रमुख कम्पनी हुन् र अधिकांश कम्पोनेन्ट्स चीन जस्ता देशबाट आयात गरिन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved