रोमाञ्चक खेलमा वेस्ट इन्डिजले भारतलाई ४ रनले हरायो

नेपालभ्युज

रोमाञ्चक खेलमा वेस्ट इन्डिजले भारतलाई ४ रनले हरायो

एजेन्सी।  पहिलो टी – २० खेलमा वेस्ट इन्डिजले पाहुना टोली भारतलाई हराएको छ ।

ब्रायन लारा स्टेडियममा भएको खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याएको भारतले ९ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो ।

भारतका लागि तिलक वर्माले सर्वाधिक ३९ रन बनाए ।  वेस्ट इन्डिजका लागि रोमियो सेफर्ड,जोसेफ होल्डर र ओवेद म्याकवेले २/२ विकेट लिए ।  अन्तिम ओभरमा भारतलाई १० रन चाहिएको थियो तर यस ओभरमा भारतले २ विकेट गुमाएर ४ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको लागि रोमन पावेलले ४८ र निकोलस पुरनले ४१ रन बनाएका थिए । भारतका अश्रदीप सिँह र यजुवेन्द्र चाहालले २/२ विकेट लिए ।

भारत र वेस्ट इन्डिजबीच ५ खेलको शृङखला हुन लागेको हो । यसअघिको एकदिवसीय र टेष्ट शृङ्खला भारतले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved