काठमाडौं। बिहीबार नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । मौद्रिक नीतिपछि लगातार घटिरहेको नेप्से बुधबारदेखि भने सामान्य वृद्धि हुन थालेको छ। साताको अन्तिम कारोबार दिन आज पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो ।
बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा २०८९.८४ को विन्दुमा बन्द भएको छ । आज ५१ लाख ३० हजार ५२० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाखको कारोबार भएको छ ।
आज बैंकिङ उपसूचक ०.४५ प्रतिशतले बढेको छ भने जीवन बिमा उपसूचक ०.५६ प्रतिशत र व्यापार उपसूचक सर्वाधिक १.८१ प्रतिशतले बढेको छ । निर्जीवन बिमा, वित्त कम्पनी, हाइड्रोपावर र होटल तथा पर्यटन उपसूचकमा भने गिरावट भएको छ ।
बिहीबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७६ कम्पनीको सेयरमूल्य बढेको छ । १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।
Facebook Comment
Comment