क्यानडाका प्रधानमन्त्री ट्रुडो र पत्नी सोफीबिच डिभोर्स

नेपालभ्युज

क्यानडाका प्रधानमन्त्री ट्रुडो र पत्नी सोफीबिच डिभोर्स

एजेन्सी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ ।

ट्र्डो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको जानकारी दिएका छन् ।

वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको हो । धेरै छलफलपछि एकअर्काको साथ छाड्ने निर्णय गरेको ट्रुडोलाई उद्धृत गरी खबरमा उल्लेख छ।

सम्बन्धविच्छेद भए पनि सधैँ जस्तै परिवार नै रहने उनले उल्लेख गरेका छन् । उनिहरुका तीन सन्तान छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved