प्रचण्डका ज्वाइँले भाग खोजेपछि कोशीमा किचलो, मुख्यमन्त्रीको शपथ रोकियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्यले मन्त्रीमा भाग खोजेपछि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ रोकिएको छ ।

नेपालभ्युज

प्रचण्डका ज्वाइँले भाग खोजेपछि कोशीमा किचलो, मुख्यमन्त्रीको शपथ रोकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्यले मन्त्रीमा भाग खोजेपछि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ रोकिएको छ ।

नवनियुक्त मुख्यमन्त्री थापासहित तीन मन्त्रीलाई शपथ खुवाउनका लागि १० बजे प्रदेश प्रमुखको कार्यालयमा बोलाइएको थियो । तर आचार्यले आफू मन्त्री नभइ नहुने अडान राखेपछि माओवादीमा किचलो भएको छ । माओवादीभित्रको किचलोका कारण मुख्मन्त्रीको शपथ ग्रहण साँझ पाँच बजेसम्मका लागि सारिएको छ ।

यसअघि माओवादीले सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति दिएको थियो । तर आचार्यले पार्टीको सहमतिविपरीत आफूलाई नै मन्त्री बनाउनुपर्ने बताएपछि माओवादीमा तनाव भएको हो ।

यसअघि मुख्यमन्त्री र गौतमसँगै एकीकृत समाजवादीका कमल जबेगुलाई शपथ ग्रहण गराउने तयारी थियो ।

आचार्य यसअघि पनि मन्त्री भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved