दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ९२ करोडको कारोबार

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ९२ करोडको कारोबार

काठमाडौं। मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।  साताको तेस्रो कारोबार दिन अन्य सबै उपसूचक राताम्य हुँदा म्युचुअल फन्डमा भने ०‍.३५ प्रतिशतको वृद्धि देखियो ।

मंगलबार २६२ धितोपत्रको ४० हजार ८३७ वटा कारोबारबाट ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज होटल र टुरिजम, वित्त, विकास बैंक तथा जलविद्युत् क्षेत्रका लगानीकर्ताले धेरै गुमाएका छन् । सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर ४.६० प्रतिशतले बढ्यो । सिक्लेस हाइड्रोपावर, बीओके डिभेञ्चर, एनएमबी ५० सहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

किसान लघुवित्त, हिमालयन लघुवित्त, प्रोग्रेसिभ फाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved