भारतबाट बढेर आयो डिजेल पेट्रोलको मूल्य

नेपालभ्युज

भारतबाट बढेर आयो डिजेल पेट्रोलको मूल्य

काठमाडौं। भारतबाट डिजेल तथा पेट्रोलको भाउ बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो ।

आईओसीले पठाएको सूचीअनुसार नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ। आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ ।

यता, ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब १ सय रुपैयाँ घटेर आएको छ। योसँगै नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।

केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार बढेको छ । जसले गर्दा भारतबाट आउने प्रशोधित तेलको मूल्यसमेत बढेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved